Happy Tihar 2082

अधिकारीको बिदाइ र भट्टराइको स्वागत

पढ्न समय: 2 मिनेट

गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका श्रोत ब्यक्ती डिल्लीराम अधिकारीको शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि बिदाइ गरिएको छ । सरकारले श्रोत ब्यकती पद नै खारेज गरि देशै भरि कार्यरत श्रोत ब्यक्तीहरुलाइ चैत १ गते देखि बिभिद्दन बिद्यालयहरुमा समायोजन गर्ने निती लिए सँगै अधिकारीलाइ गौरीगञ्ज गाउँपालिकाले बिदाइ गरेको हो । अब उनि गौरादह नगरपालिका ग्वाल्डुब्बा स्थित प्रगती उच्च माबिमा कार्यरत हुनेछन् ।
उनि २०७२ साल साउन १ देखि श्रोत ब्यक्तीका रुपमा तत्कालिन गौरीगञ्‍ज गाबिसमा कार्यरत रहदै आएका थिए भने २०७३ साल फागुन २६ गते देखि देश पुनरसँरचनामा गए पछी गौरीगञ्ज खजुरगाछी कोरोबारी र महाभारा गाबिस मिलेर बनेको गौरीगञ्ज गाउँपालिकामा श्रोत ब्यक्तीका रुपमा सेवारत रहदै आएका थिए ।
गौरीगञ्जका शिक्षा समिती सँयोजक दिपेद्दद्र थापाको सभापतिट्ट्व र गापा प्रमुख बाबुराजा श्रेष्ठको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा बक्ताहरुले गौरीगञ्जमा कार्यरत रहदा उनले गरेका कार्य सङ्गपादनको खुलेर प्रसँसा गरेका थिए ।
यसै कार्यक्रममा गौरिगञ्ज गाउँपालिकामा शिक्षा शाखाको कार्य सञ्चालनका लागि कार्यपालिका बैठकको निर्णयबाट ल्याइएका शिक्षा प्रमुख केशब भट्टराइ लाइ पनि स्वागत गरिएको छ । भट्टराइ २०६३ साल देखि २०७२ साल सङ्गम यसै क्षेत्रमा श्रोत ब्यक्तीका रुपमा कार्यरत थिए । यस क्षेत्रमा लामो समयसङ्गम सेवारत रहि लामो अनुभव सँगालि सकेका भट्टराइले यस क्षेत्रमा झनै असल तरिकाले शिक्षा शाखाको कार्य सम्पादन गर्न सक्ने कुरा बक्ताहरुले बताएका थिए । बक्ताहरुले उनलाइ कार्य सम्पादनको सफलताका लागि शुभकामना समेत दिएका छन् ।
बिदाइ तथा स्वागत कार्यक्रममा प्याब्सन अध्यक्ष कमल राजवँशी नेपाल शिक्षक महासँघका हरिलाल यादव नेपाल शिक्षक सँघका गोपाल ताजपुरिया लगायत बिभिन्न सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापक हरु तथा सँस्थागत बिद्यालयका प्रिन्सिपलहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *