रबिन्द्र बराल ।
माेरङकाे रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएकाे ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन । नगरपालीका ले नगरकाे परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा र डाईनिया जाने बाटो काे माेरिया पुल र भन्सार छेउमा जडान गरेको सि.सि.क्यामेरा सन्चालनमा ल्याएको थियो । नगरले बजार तथा आसपासमा अपराध नियन्त्रण , दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्य ले जडान गरिएको सिसि क्यामरा सन्चालनमा नआउदा अपराधिक गतिविधि काेे निगरानी प्रहरी द्वारा निगरानी हुन भने सकेको छैन । हुलाकी सडक निर्माणकार्य गर्ने का लागि बिधुत पाेल ठाउँ सार्ने कार्य भएको एक महिना बितिसक्दा समेत सिसि क्यामरा भने सन्चालनमा ल्याउन सकेको छैन । तर भाेटुवाबु चाेक, भन्सार टाेल मा समेत रहेको सिसि क्यामरा सात महिना देखि बिग्रिएकाे अवस्थामा रहेको छ । नगरकाे सुरक्षाको लागि सिसि क्यामरा जडान गरेता पनि सिसि क्यामरा काे सदुपयोग नहुदा अपराध गतिविधि समेत बड्ने सम्भावना समेत बढदै गएको छ । ईलाका प्रहरी कार्यालय रंगेली को संचार शाखामा हार्ड डिक्स र मनिटर जडान गरेेेर संचार शाखाबाट मनिटर गर्ने व्यवास्था मिलाईएको थियो । नगरपालिका मा सुचान अधिकृत सन्जय गुप्ताका अनुसार अहिले नगरभित्र ४० स्थान भन्दा बडि ठाउँमा सिसि क्यामरा जडान का लागि फाईवर बिछ्याउने कार्य भईरहेकाे र अब चाडै सिसि क्यामरा जडान हुने समेत बताए । नगरपालिकाले संन्सारी माई स्थित चिस्याङ खाेला , दर्वेशा काे बक्राह पुल, मधुवनि चाेक र पिपल चाेक चाेप्राह बाेडर लगायत का स्थान हरुमा थप सिसि क्यामरा जडान गरिने र प्रहरीलाई समेत अपराधी हरु लाई निगरानी गर्ने अझै सहज हुने स्थानीयले बताए ।