बैशाख २१ गौरीगञ्ज । मोरँग क्षेत्रमा हुलाकी सडक निर्माणमा भइरहेको बेथिती र ढिला सुस्ती बिरुद्ध मोरँगमा साँसद र स्थानिय सरकार प्रमुखहरुले बिज्ञप्ती जारि गरेका छन् ।
बिज्ञप्तीमा भनिएको छ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व पश्चिम हुलाकी सडक निर्माणको क्रममा मोरङ जिल्लामा पर्ने आयोजनाको क्षेत्रमा भैरहेको व्याप्त बेथिति तथा ढिलासुस्ती बारे सम्बन्धित निकायलाई जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ । सडक निर्माणको कार्य आयोजनाको क्षेत्रमा भित्र पर्ने आम जनताको सरोकारको विषय भएको हुदाँ थप विलम्ब नगरी उक्त आयोजना समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौ । २ जन प्रतिनिधि सभा सदस्य ६ जना प्रदेश सभा सदस्य र ५ जना स्थानिय सरकार प्रमुखको हस्ताक्षर सहित जारि गरिएको बिज्ञप्तीमा सँबन्धित निकायलाइ ४ वटा सुझाबहरु पनि दिइएको छ ।
१. भएको काम गुणस्तरीय छ छैन, जनप्रतिनिधिको रोहबरमा मूल्याङ्कन र परीक्षण गरियोस् ।
२. आयोजना क्षेत्रको विभिन्न ठाउँमा अपुरो छोडिएका कामहरु तत्काल सम्पन्न गरियोस् ।
३. निर्माणको क्रममा सर्वसाधारणलाई असुविधा श्रृजना गर्ने, जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने र सडक क्षेत्रको सौन्दर्यीकरण गर्ने कामलाई तत्काल व्यवस्थित गरियोस् ।
४. हाल आयोजनाको काम ठप्प पारिएको सन्दर्भमा यसको कारण सार्वजनिक गरी जिम्मेवारहरु उपर कारबाही गरियोस् ।
बिज्ञप्तीमा उपोराक्त सरोकारको तत्काल सम्बोधन नगरिएमा स्थानीय जनता समेतको सहभागितामा हामी जनप्रतिनिधिहरु समेत आवश्यक कड़ा कदम चाल्न बाध्य हुने भनि चेतावनी समेत दिइएको छ ।
बिज्ञप्तीमा प्रनिनिधि सभा सदस्य ऋषिकेश पोखरेल र योगेन्द्र प्रसाद मण्डल प्रदेश साँसदहरु गणेश उप्रेती लिला बल्लभ अधिकारी जयप्रकाश चौधरी भिम पराजुली र गयानन्द मण्डलले हस्ताक्षर गरेका छन् भने स्थानिय सरकारका प्रमुखहरुमा सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवँशी रँगेली नगरपालिकाका म्यर दिलिप बगडिया धनपालथान गाउँपालिकाका अध्यक्ष बिवक् गछदार र कटहरी गाउँपालिका अध्यक्ष देबराज राजवँशी ले हस्ताक्षर गरेका छन् ।