असार ३ गौरीगञ्ज । हुलाकी सडक अन्तर्गत गौरीगञ्ज खण्डमा निर्माण कार्य मा खटिएका एक मजदुर जलेर घाइते भएका छन् । गौरीगञ्ज वडा नँ ३ स्थित प्याट्रोल पम्प नजिकै हुलाकी सडक कालोपत्रे गर्ने क्रममा अलकत्रा बिच्छाउने मेसिनको फायरिङ खोल्ने क्रममा बर्ष ३६ का मोहम्मद मोनाथ नाम गरेका मजदुर जलेर घाइते भएको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
घाइतेको शरिर ८० प्रतिशत जति जलेको र उनको उपचार दमकमा सँभब नभएपछी बिराटनगर स्थित म्याक्स अस्पताल रेफर गरिएको र घाइते मजदुर भारतीय नागरिक रहेको कुरा प्रहरी ले जनाएको छ । तर ठेकेदार कम्पनी मोतिदान कन्स्ट्रक्सनले भने उनि नेपाली नागरिक रहेको र उनको नाम रत्न चौधरी रहेको दावी गरेको छ । दमकमा सामान्य उपचारपछि उनलाई बिराटनगर स्थित म्याक्स अस्पताल मा भर्ना गरिएको कुरा ठेकेदार कम्पनी ले जनाएको छ । प्रत्यक्ष दर्शीहरुका अनुसार घाइते मजदुरको खुट्टा देखि घाँटी सम्मको भाग जलेको र उनको अबस्था गम्भिर रहेको बताएका छन् ।