हिन्दू परिषद नेपालका केन्द्रीय सदस्य अरुण झा विवादमा तानिएका छन्। झाले सञ्चालन गरे लोहारपट्टी स्थित चिकेन स्टेसनमा रमदानका अवसरमा गाईको कबाबमा छुट भन्ने विज्ञापनले उनी विवादमा तानिएका हुन्।

झाको पसलको विज्ञापन सामाजिक सञ्जालमा आएपछि आलोचना भएको छ। ‘चिकेन स्टेसन’ फेसबुक पेजमा विज्ञापन राखिएपछि झा अनावश्य तनावमा परेका छन् ।

फेसबुकमा रा खटिएको बिज्ञापन

अहिले पेजबाट विज्ञापन हटाइएको छ । वीरगंज सहरमा यसरी एउट प्रतिष्ठित व्यक्तिको लगानी रहेको पसलले हाकाहाकी गाईको मासु छुटमा भनेर विज्ञापन गरेपछि हिन्दूवादीको मन कुँडिएको छ, त्यो पनि हिन्दूवादी संस्थाकै नेताको पसलमा । भालाई कतिपयले सामाजिक सञ्जालमा ब्राम्हण समुदायले पनि धर्म, संस्कृतिमाथि प्रहार गरेर पैसाको पछि दौडिएको भन्दै कटाक्ष गरेका छन् । झाले भने ‘भूलवस यस्तो हुन गएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि उनको जवाफसँग वीरगंजको समुदाय खुशी हुन र क्षमा दिन तयार देखिएको छैन । भाबाट गल्ती नै भएको भन्दै आलोचना भइरहेको छ ।

पर्साका सिडिओ हीरालाल रेग्मीले विज्ञापन नेपालको प्रचलित कानुनविपरीत भन्दै कारवाही प्रक्रिया अघि बढ्ने बताएका छन्।
(मधेस दृष्टी बाट साभार )