चैत ६ गौरीगञ्ज । गौरीगञ्ज बहुमुखी क्याम्पसका नब निर्वाचित स्वबियु सभापती इस्तप हुसेनले क्याम्पसमा प्राबिधिक शिक्षा ल्याउन जोड गर्ने बताएका छन् । सोमबार गौरीगञ्ज चोकमा बिजय उत्सव पछी आम बिद्यार्थी तथा जनसमुदायलाइ सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।
आफु लगायत अनेरास्वबियुको पुरै प्यानललाइ बिजय गराउन सहयोग गर्ने सबै बिद्यार्थी तथा अभिभावकहरुलाइ धन्यबाद ज्ञापन गर्दै उनले आफ्नो कार्यकालमा क्याम्पस भित्र रहेका बेथितीहरुलाइ समाप्त पार्ने बताएका छन् । हाल क्याम्पसमा एमएड लगायतका स्नातकोत्तर तहको समेत आवश्यक्ता रहेकाले आफ्नो कार्यकालमा क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गराइ छाड्ने प्रतिबद्धता समेत जनाएका छन् । क्याम्पसमा साइकल स्टेनको ब्यबस्थापन नहुँदा क्याम्पसको हाता भित्र बाटै दुइ वटा साइकल हराएको स्मरण गर्दै साइकल स्टेनको ब्यबस्थापन समेत गर्ने बताएका छन् ।
आइतबार गौरीगञ्ज बहुमुखी क्याम्पसमा भएको स्वबियु निर्वाचनमा अनेरास्वबियुको पुरै प्यानल बिजथी भएका छन् । सभापतीमा इस्तप हुसेन सचिबमा नीरबहादुर प्रधान कोषाध्यक्षमा निरज माञ्जी र सदस्यहरुमा ममता राजवँशी समिक्षा कटुवाल र कृष्ण प्रसाद गन्गाइ बिजयी भएका छन् । त्यसै गरि समानुपातिक तर्फ अनेरास्वबियुले १ सय ७ मत ल्याएर ३ सीट सुरक्षित गरेका छन् भने नेबिसँघ ले ७९ भोट पाएर २ सीट सुरक्षित गरेका छन् । हिजो भएको निर्वाचनमा जम्मा मतदाता २ सय मध्यै १ सय ८६ जनाले मतदान गरेको कुरा निर्वाचन अधिकृत भक्त भण्डारीले जनाएका छन् ।