हल्दिबारीमा १ मा राप्रपाको प्यानल बिजयी

झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको सिंगो प्यानल नै विजयी भएको छ । वडा नम्बर–१ को वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापासहितको प्यानलले जीत हात पारेको हो ।

यो वडा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेको वडा हो । हल्दिबारीमा राप्रपा, एमाले, कांग्रेस तथा माओवादी केन्द्रले एक्लाएक्लै चुनावी प्रतिष्पर्धा गरेका थिए ।


वडा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता शिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी बने ।

अघिल्लो लेखमागौरादह नगरपालिकामा एमालेको विजयी शुरुवात
अर्को लेखमागौरीगञ्जमा खसेको मत भन्दा गणना हिसाब बढि आएपछि मत घोषणा स्थगित