• अशोज २५, २०७८
  • Madan Rajbanshi
  • 0

असोज २५, गौरीगञ्ज । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी यादव बस्नेतको स्मृतिमा रु १० लाख को अक्षयकोष स्थापना भएको छ । परिवारका तर्फबाटआमा देवीमाया बस्नेतले छोरोको स्मृतिमा सो अक्षय कोष स्थापना गरेकी हुन् ।बस्नेतको स्मृतिमा १० लाख रुपैयाँको अक्षयकोष स्थापना भएको सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए ।

आईतबार बिर्तामोड मा आयोजित एक औपचारिक कार्यक्रमका बिच सो अक्षयकोष को जानकारी गराएको थियो । स्थापित सो अक्षयकोष ले असहाय दिर्घरोगी हरुको उपचारमा सहयोग पुग्ने बताइएको छ ।

झापा गौरादह–६ दामुनाका स्थायी बासिन्दा ३७ वर्षिय बस्नेतको कोरोना भाइरसको संक्रमणका कारण गत कात्तिक ८ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो ।

बस्नेतको स्मृतिलाई चीर स्थायी बनाइराख्न परिवारका तर्फबाट अक्षयकोष स्थापना गरिएको कुरा उनकी दिदी मञ्जु बस्नेत ले बताए ‌ ।