
स्वबियु निर्वाचन : गौरिगञ्ज क्याम्पसमा स्वतन्त्रको पल्ला भारी
चौत ३ गौरीगञ्ज । पर्सी चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र बिद्यार्थी युनियनको चुनाबका लागि गौरीगञ्जमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । जम्मा १ सय मतदाता रहेको गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्वबियु र नेबिसँघको सँयुक्त गठबन्धन प्यानल अखिल क्रान्तिकारीको प्यानल र स्वतन्त्र बिद्यार्थीहरुको प्यानल मैदानमा उत्रिएका छन् ।गौरीगञ्ज क्याम्पसको ३३ बर्षे इतिहासमा स्वतन्त्र बिद्यार्थीहरु पहिले पटक प्यानल सहित चुनाबी मैदानमा उत्रेका हुन् ।
कुनै राजनैतिक दलका भातृ सँगठनमा आबद्ध नभएका स्वतन्त्र बिद्यार्थीहरुको नेतृत्व गर्दै लालदेब यादबको प्यानल चुनाबी प्रतिस्पर्धामा उत्रिएको छ । अहिलेको सत्ता साझेदार दलहरु नेपाली काँग्रेस र एमालेका भातृ सँगठन नेबिसँघ र अनेरास्वबियुको सँयुक्त गठबनधन प्यानल र अखिल क्रान्तीकारीको प्यानललाइ टक्कर दिन चुनाबी प्रतिसपर्धामा उत्रिएको लालदेव यादबको स्वतन्त्र प्यानलमा सचिब पदमा अभिषेक राजवँशी, कोषाध्यक्षमा नितु कुमारी यादव र दस्यहरुमा लक्ष्मी गौतम, प्रज्वल खनाल र महिमा राजवँशी रहेका छन् भने सत्ता साझेदार दल निकट अनेरास्वबियु र नेबिसँघको गठबन्धन प्यालनमा नेबिसँघका रोशन यादव अध्यक्ष, अनेरास्वबियुका डिल्लीराम पौडेल सचिब, अनेरास्वबियु कै मुजेफर मीया कोषाध्यक्ष र सदस्यहरुमा नेबिसँघका डिल्ली राजवँशी र इशा राजवँशी तथा अनेरास्वबियुका युगेश कटुवाल रहेका छन् । त्यस्तै अखिल क्रान्तीकारीको प्यानमा अध्यक्षमा मोहिनी राजवँशी, सचिबमा रोहित कुमार ठाकुर कोषाध्यक्षमा लिजा गिरी तथा सदस्यहरुमा सँजय मुर्मु, हनिसा राजवँशी र अस्मिता राजवँशी रहेका छन् ।
गत २०७९ सालको स्थानिय तहको निर्वाचनमा काठमाण्डौ, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारी बाट जितका बालेन्द्र शाह हर्क साम्पङ र गोपाल हमालले राजनैतिक दल निर्वाचित स्थानिय तहहरुको तुलनामा उत्कृष्ट काम गरेर चर्चा पाए सँगै अहिले देश भर स्वतन्त्रहरुको माहौल बनिरहेको छ भने अहिले गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि स्वतन्त्र प्यानलको पक्षमा बिद्यार्थीहरुको आकर्षण देखिएको छ । थोरै बिद्यार्थी भएर पनि सत्ता साझेदार दल निकट बिद्यार्थी सँगडनहरु अनेरास्वबियु र नेबिसँघले एकलौटी रुपमा गठबन्धन गरेपछी अहिले काँग्रेस निकट र एमाले निकट असन्तुष्ट पक्ष पनि खुलेरै स्वतन्त्र प्यानलको पक्षमा उभिएका छन् भने सामाजिक सञ्जालपनि स्वतन्त्र प्यानल कै पक्षमा तातिएको छ ।
गत फागुन २७ गते स्वतन्त्र प्यानलले उम्मेदवारी मनोनयन दर्ता गर्दा देशको झण्डा फहराए पछी नेबिसँघ बाहेक दल निकट बिद्यार्थी सँगठनहरुले सँगठनको झण्डा फहराउन आँट नै गरेनन् । गौरीगञ्ज क्याम्पसमा बर्षौ देखि राजनैतिक दल निकट बिद्यार्थी सँगठनहरुले नै स्वबियुको नेतृत्व गर्दै आएकोमा क्याम्पसका समस्याह ज्यु का त्यु रहेपछी यस पटक बिद्यार्थीहरुमा स्वतन्त्र प्रति आकर्षण बढेको हो । दल निकट बिद्यार्थी सँगठनका नेताहरु निर्वाचित भएपछी उनिहरुले बिद्यार्थीको समस्या सुन्नुको साटो आफु निकट दलका नेताको कुरा सुन्ने प्रबृतीका कारण हाल गौरीगञ्ज बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तर खस्किदै गएको छ भने भौतिक सँरचना तथा पुस्तकालयको हालतपनि दनिय अबस्थामा पुगेको छ ।
