स्वबियु चुनाव चैत्र ५ गते हुने

फागुन ४, काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव आउदो चैत्र ५ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दै मिति सार्वजनिक गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरे ।

कार्यतालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको छ । विगत १४ वर्षदेखि नियमित हुन नसकेको स्ववियु निर्वाचन त्रिवि कार्यकारी परिषद्ले आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । यस्तै कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको उनले बताए ।

अघिल्लो लेखमाचितवन २ मा आगामी बैशाख १० गते उप निर्वाचन हुने
अर्को लेखमाअनेरास्वबियु को अध्यक्ष बने समिक बडाल