फागुन ३०, गौरीगञ्ज । आईतबार राती गौरीगञ्ज ४ स्थित सरस्वती प्राबि नजिकै बाट स्थानीय हरुले समातेको अबैध माछा नष्ट गरिएको छ । सोमबार साँझ ईलाका प्रहरी कार्यालय गौराीगञ्ज ले जनप्रतिनिधि लगायतको उपस्थिति मा सो २१ कार्टुन माछा नष्ट गरेको हो ।

वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव, वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद गिरी, क्वारेन्टाइन का प्रतिनिधि ललिता ढुँगाना, उद्योग वाणिज्य संघ गौरीगञ्ज का सचिव श्रवण गिरी लगायतको उपस्थिति मा खाल्डो खनेर सो माछा पुरिएको छ ।

प्रहरी प्रसासन कै मिलोमतोमा बैरीया लगायतका नाकाहरुबाट राती राती अबैध रुपमा तस्कर मौलाउदै गएपछि वडा नँ ४ का स्थानीय युवाहरुले राति नेपालमा प्रतिबन्धित फर्मालिन युक्त १ गाडी माछा समातेर प्रहरी को जिम्मा लगाएका थिए ।