रबिन्द्र बराल ।
माेरङकाे बिभिन्न नगरपालिका हरुमा प्रतिपक्षी का पार्टि तथा कार्यकर्ता हरुले नगर प्रमुख लाई धमाधम ज्ञापनपत्र बुझाउन थालेका छन । स्थानीय निकायकाे कार्यकाल समय बित्दै जाँदा प्रतिपक्षी हरुकाे बुद्धि काे बिर्को खुल्न थालेको छ । ५ बर्षकाे अबधिमा नगरपालिका भित्र सबै काम राम्रो देखेका प्रतिपक्षी का नेता तथा कार्यकर्ता हरु अहिले आएर नगर भित्र मा बेतिथ तथा भ्रष्टाचार बडेकाे देख्न थालेका छन । बिगत चार बर्ष अगाडि बिपक्षीमा रहेका पार्टी का कार्यकर्ता हरुले नगरपालिका भित्र काे याेजनामा सकड बनाउने देखि माटाेकाे भराेट हाल्ने काम समेत पाएका थिए । नगरपालिका हरुले अनलाइन मार्फत ठेक्का प्रकृया सुरु गरेपछि बिपक्षी कार्यकर्ता हरु ले काम नपाए पछि ४ बर्ष पछि आएर नगरपालिका मा बेथिति बडेकाे र भ्रष्टाचार बडेकाे देख्न थालेका हुन ।

यदि जनता काे हकहित र नगरबासिका लागि राम्रो हाेस भन्ने धारण भएको भए बिपक्षी का पार्टी तथा कार्यकर्ता हरुले स्थानीय निकाय मा निर्वाचित भएर आएकै समय देखि नै समय समयमा जनता सामु गएर नगरपालिका ले गरेको भ्रष्टाचार र बेथितका बारेमा किन बाेल्न नसकेको हाेला ?

यदि साेहि समय देखि नगरपालिका हरुलाई ज्ञापनपत्र बुझाएको भए आजकाे दिन सम्म आईपुग्दा सबै पक्षका सर्वसाधारण हरु ले साथ र सहयोग अवस्य गर्ने थिए हाेल । केही दिन अगाडि मात्रै स्थानीय निकाय काे निर्वाचनको मिति घाेषणा गरे पछि बिपक्षी का नेता तथा कार्यकर्ता हरु जनताको मन जित्ने उद्घेश्यले नगरपालिका हरुमा गएर ज्ञापनपत्र बुझाउनु कति काे राम्रो काम हाे त्याे सबै ले बुझन जरुरी देखिन्छ । साता दिन अगाडि रंगेली नगरपालिका मा नेकपा माआेवादी बाट २०७४ सालमा बिजय भएका दिलिप बगडिया लाई नेपाली काङ्ग्रेस का नेता तथा कार्याकर्ता हरुले नगरपालिका पुगेर नगरम बेथिति तथा भ्रष्टाचार भएको भन्दै ज्ञापनपत्र बुझाएका थिए ।

साता दिन बित्न नपाउदै सुनवर्सि नगरपालिका मा समेत नेपाली काङ्ग्रेस बाट बिजय भएका काली प्रसाद दास लाई समेत ने. क.पा. एमाले पार्टिका नेता तथा कार्यकर्ता हरुले नगरमा चरमा भ्रष्टाचार र बेथिति बडेकाे भन्दै नगरपालिका पुगेर मेयर काली प्रसाद दास लाई ज्ञापनपत्र समेत बुझाएका छन । यसरी सकृय रुपमा सुरुकै दिन देखि लागि परेकाे भएको आजकाे दिन सम्म आईपुग्दा सबै नगरवासिकाे मन मस्तिकमा अबस्य बस्ने थिए हाेला । बिपक्षी हरु ले सबै लाई सचेत गराउनु राम्रो कुरा हाे तर बिराेध गर्नु भन्दा पहिले आफ्नो पार्टीका नेता हरु बिजय भएको ठाउँमा समेत अहिलेसम्म के कस्ता बिकास निर्माणका कार्यहरु ले गति लिईरहेका छन भन्ने पनि हेर्नु जरुरी देखिन्छ । आफ्नो आँङ काे झिङ्गा नदेख्ने तर अरु काे आँङ काे झिङ खाेज्ने प्रबिधि ले सबै मा निरास पुर्ण बन्दै गएका छन । स्थानीय बासिन्दा हरु समयमै सबै जागरुक हनु अति आवश्यक देखिन्छ । ज्ञापनपत्र मात्रै बुझाएर नगर भ्रष्टाचार मुक्त हुदैन सबै ले आफ्नो ठाउँबाट एक जुट भए मात्रै केही राम्रो काम गर्ने सकिन्छ धन्यवाद ।