रबिन्द्र बराल .
माेरङ काे सुनवर्सि नगरपालिका मा नगर स्तरीय बिज्ञन प्रर्दशनी तथा शाैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालय लाई एउटै स्थानमा राखेर एक दिने विज्ञान प्रर्दशनी तथा शाैक्षिक मेला लगाएकाे छ । सुनर्सि नगरपालिका ४ स्थित श्री महाकालेश्वर मंन्दिर परिसरमा उक्त कार्यक्रम काे आयोजना गरेको थियोे ।
अन्तर बिधालय प्रतियोगितात्मक मा निजि तथा सामुदायिक गरि ७ बटा बिधालय हरु काे सहभागीता रहेको थियो । प्रदर्शनी मा बिधार्थि हरु ले तरकारी खेती , पार्क , मिसाईल बम, आलु , काक्रा बाट बिधुत उत्पादन लगायत सामाग्री हरु बनाएर प्रदर्शन मा राखेका थिए ।
कार्यक्रम काे प्रमुख अतिथि नगर प्रमुख काली प्रसाद दास, बडा अध्यक्ष , बडा सदस्य, सनराईज बाेडिङ का प्रिन्सिपल जितेन्द्र कुमार दास, लगायत काे ले प्रदर्शनी सहभागी हरु मध्ये प्रथम , द्वतिय र तृतिय हुने हरु लाई सिल्ड ,मेडल तथा प्रमाणपत्र समेत बितरण गरेका थिए । शिक्षा युवा खेलकुद शाखा सुनवर्सि नगरपालिका , संयुक्त आयाेजक काली माध्यमिक बिधालय ,सनराईज सेकेण्डरी बाेडिङ स्कुल बम काली केवरत समाज काे सहकार्यमा उक्त कार्यक्रम काे आयोजना गरिएको थियोे । कार्यक्रम अबलोकन का लागि नगर भित्र का सर्वसाधारण हरु काे उल्लेख्य सहभागीता समेत रहेको थियोे ।