रबिन्द्र बराल
असार १३, मोरङ । मोरङको सुनवर्षी नगरपालिका ४ स्थित जागी टोलमा छोराको कुटपिट बाट बुवाको मृत्यु भएको छ । घरायसी कुरा मा बिबाद हुँदा स्थानीय ४० वर्षिय दयालु ताजपुरियाको कुटाइ बाट स्थानीय वर्ष ६८ बर्षका बुवा टिनताल ताजपुरियाको मृत्यु भएको कुरा प्रहरी ले जनाएको छ । घरायासी विवादमा छाेरा ले कुटपिट गर्दा बुवा घाईते भएका थिए । घाईतेको टाँउको र बाँया हातमा चोट लागेर गम्भिर अवस्था भए पछि उनलाई उपचारका लागि बिराटनगर काे काेशी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि डाक्टरले सिलिगुडी रिफर गरिएकाे थियो । आर्थिक अभाव का कारण परिवार ले घर फिर्ता ल्याएपछि उनकाे आईतबार बिहानै घरमा मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ। प्रहरीले उनकाे ४० बर्षका छाेरा दयालु ताजपुरिया ले सुति रहेको अवस्थामा टाँउको मा ढुङ्गा प्रहार गरी बुबा लाई घाइते बनाएको प्रहरीको अनुसन्धान मा खुलेकाे छ । बुवा काे मृत्युु पछि निज लाई पक्राउ गरी ईलाका प्रहरी कार्यलय रंगेली ले पक्राउ गरि उनलाई थप अनुसन्धान गरिरहेको प्रहरी नरिक्षक अनमाेल खड्काले बताए ।