पुस ११ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ ठेकिटोलको सुदामभिट्टामा केहि बेर अघि आगलागी भएको छ । आगलागी बाट स्थानीय बैजनाथ यादबको ग्वाली, ६ वटा चौपाया र एउटा परालको कुन्यु जलेर नष्ट भएको कुरा वडा सदस्य सुशिल राईले जनाएका छन् । आगलागी बाट करिब २ लाखको क्षति भएको कुरा उनले बताए ।

आगलागी बाट मरेका चौपाय

राति करिब ९ बजे तिर लागेको आगो गौरादह नगरपालिका बाट आएको बारुणयन्त्र र स्थानीय हरुको सहयोग मा नियन्त्रणमा लिइएको छ । हिजो आईतबार पनि गौरीगञ्ज ६ मा आगलागी हुँदा ट्याक्टर थ्रेसर सहित चुटिरहेको धान मा आगलागि भएको थियो । यस्ता आगलागी का घटनाहरुबाट क्षति कम गर्न स्थानीय हरुले गौरीगञ्ज गाउँपालिका मा पनि बारुणयन्त्र (दमकल) को माग गर्न थालेका छन् ।