रबिन्द्र बराल । असाेज २७ रँगेली । मोरङ धनपालथान गाउँपालिका वडा नं.-४ स्थित कर्सियाको विपि चोकमा रहेको सिटिजन बैंक लुटपाटमा सँलग्न तीन जनालाई रंगेली प्रहरीले आज सार्वजनिक गरेको छ ।
मोटरसाईकलमा आएका समूहले बैंकको गार्ड जिल्ला मोरङ रंगेली नगरपालिका वडा नं.-२ बस्ने वर्ष ४० को सितल कुमाल लाई गोली प्रहार गरी घाईते बनाएका थिए । बैक बाट नगद लुटपाट गरी मोटरसाइकल मा फरार भएका उनिहरु लाई प्रहरी चौकी अमाहीवरियाती तथा ससस्त्र बेश क्याप मायाँ गन्ज काे संयुुक्त गस्ती टाेलीले खयरवाना प्रहरी चौकिे नजिकै बाट नियन्त्रण मा लिएको थियो ।
बैंक लुटपाटमा संलग्न रहेका विराटनगर महानगरपालिका वडा नं.-८ बस्ने वर्ष ३२ को श्याम मुखिया, भारत अररिया सेखपुरा ५ बस्ने वर्ष २८ को सुनिल यादव, र भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० को बिजय सहनी काे साथ बाट को २५ प ३८९९ नम्बर १५० सिसि को निलो रंगको पल्सर मोटरसाईकल, कटुवा पेस्तोल थान-१ , नपड्किएको गोलि राउण्ड थान १, खोका थान १ र पड्किएको गोली थान-१ नोकिया कम्पनीको सादा मोवाईल थान-१ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।