सालोको छुरा प्रहारबाट भिनाजुको मृत्यु

पढ्न समय: 1 मिनेट

सुनसरीको ईटहरी उप-महनगरपालिका-४ स्थितमा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको हो । मृत्यु हुनेमा ईटहरी-४ का ५१ बर्षिय श्री मुरारी गिरी रहेका छन् ।

- Advertisement -
Ad image

हिजो बेलुका साढे ४ बजे गिरी कै घरमा बस्दै आएका सालो १९ बर्षिय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको थियो ।

छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्