पुस २९, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं ३ को साबिक वडा नँ ७ मा नेपाली काँग्रेसको टोल समिति गठन गरिएको छ । नेपाली काँग्रेस वडा नँ ३ का वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता मा बसेको टोल भेलाले राज नारायण दासको सँयोजकत्वमा १५ सदस्यीय टोल समिति गठन गरिएको हो ।
समितिको सह सँयोजकमा मो. कमरुद्दिन मिया, सचिवमा लक्ष्मी महतो र कोषाध्यक्षमा शिला रिजाल चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्य हरुमा बिनोद कुर्मी, किशोर कुमार दास, रामलाल शर्मा, कुन्ती देवी दास, मिथिला श्रेष्ठ, शुष्मा दास, चन्दा श्रेष्ठ, किशोरी प्रसाद साह, दिनेश दास, सुकदेव हलुवाई र राजेश साह चयन भएका छन् ।