साउन ११, सुनसरी । इटहरी उपमहानगरपालिकाले मंगलबार देखी १८ गतेसम्म कार्यपालिका र वडा कार्यलयका सेवा बन्द गर्ने भएकाे छ ।

नयाँ भिरियन्टसहितकाे काेराेना भाइरसकाे संक्रमणकाे दर बढ्दै गएकाे इटहरीमा पछिल्लाे चरण उपमहानगर तथा वडा कार्यलयमा कार्यरत कर्मचारीहरूमा काेराेना संक्रमण देखिएपछि भाेली (मंगलबार ) देखी साउन १८ गते सम्मका लागि कार्यपालिकाकाे कार्यालय तथा वडा कार्यलयहरूमा हुने आन्तरिक कार्य तथा उपलब्ध हुने सेवाहरू बन्द गरिएकाे प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदिले एक सुचना जारी गरी जानकारी गराएका छन् ।

सुचनामा अस्पताल तथा स्वास्थ सेवा, एम्बुलेन्स सेवा, सरसफाइ तथा फाेहाेर व्यावस्थापन सेवा, दमकल लगायतका अत्यावश्यक सेवा भने सुचारू रहने उल्लेख गरिएकाे छ ।