साउन ११ रौतहट । ‘गौर हत्याकाण्ड’का पीडित परिवारले न्यायको माग गर्दै १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरेका छन् । रौतहटको कटहरिया स्थित तराई मधेश सहिद स्मृति प्रतिष्ठानमा संघर्ष समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
१३ साउनदेखी पीडित परिवारले अनशन बस्ने, १४ साउनमा मोटरसाईकल र्याली निकाल्ने र १५ साउनदेखी अनिश्चितकालीन रौतहट बन्द गर्ने पीडित संघर्ष समितिका संयोजक रुपसागर देवीले बताईन् ।
हत्याकाण्डका पीडितहरुले जाहेरी दर्ता गराएको डेढ दशक भन्दा बढी हुन लाग्दा समेत हत्याकाण्डका आपराधिलाई कानूनी कठघेरामा ल्याउँन कुनै सुनुवाई नभएको भन्दै पीडित संघर्ष समितिले खबरदारी र्याली र रौतहट बन्द गर्ने निणर्यमा पुगेको संघर्ष समितिले जनाएको छ । आन्दोलनमा सहभागि हुन गाउँ गाउँबाट पीडित परिवार तथा सर्वसधारणको सहभागिता हुने सँघर्ष समितिले बताएको छ ।
(राजधानी दैनिक बाट)