पुस ५ गते, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव गरेको कुरा श्रोतको हवाला दिदै ईकान्तिपुर डटकमले लेखेको छ ।‌। त्यही विषयमा राष्ट्रपतिसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेर भरखरै फर्किएको कुरा ईकान्तिपुर ले लेखेको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट संसद् विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।