रबिन्द्र बराल
फागुन १५, रँगेली – २०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रष्ट ले एक बिपन्न परिवारकाे बिवाह गराई दिएको छ । माेरङकाे रंगेली नगरपालिका ९ स्थित दाेहमना वजारको बगान टाेलमा बसाेवास गर्दे आईरहेका देव नारायण ऋषिदेवकाे परिवर अति विपन्न रहेकोमा उनको जेठी छाेरी पुजा ऋषिदेब काे बिवाह सबिता देवि ट्रष्टले गराई दिएको हो । उनकी छोरी पुजाको विवहा ईनरुवा नगरपालिका ३ का विजय ऋिषिदेव संग भएको हो ।
आर्थिक अभाबका कारण छोरीको बिवाह गराउने अबस्था नरहेपछि आफुले सविता देवि ट्रष्ट लाई जानकारी गराए पछि बिवहा मा लाग्ने खाना खर्च देखि बेहुली लाई चाहिने जति सामान ट्रष्ट बाटै दिएर छाेरी काे विवहा सम्पन्न भएको उनलेे बताए । ट्रष्टले बिगत ४ बर्ष देखि गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवार हरु लाई हरेक प्रकारको सहयोग गर्दे आईरहेको छ ।
पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भए कै कारण बिवहा गर्ने उमेर भई सकेता पनि बिवहा नहुने जानकारी पाए पछि सहयोग गर्न सुरु गरेको ट्रष्ट का सदस्य राजेश वगडिया ले बताए । आईतबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्था का सदस्य राजेश शर्मा, समाज सेवि कमल राजवंशी ,अनिल महेश्री , विभिन्न वडा अध्यक्ष लागयत काे उपस्थितिमा दुलहि लाई साडि, चुरा, पाउजु, घडि , लुगा फाटा, र नगद ११ सय रुपैयाँ समेत दिएका थिए । भने जन्ति आएका सबै लाई बहुभाेज काे समेत आयाेजना गरेको थिए । ट्रसले चार बर्षकाे अबधिमा यो सहित १५ बटा गरिव परिवार काे विवहा गराई सकेका छन । आगामी दिनमा पनि भने गरिव परिवार का छाेरी हरु काे विवहा गरिदै लैजाने र थप गरिव परिवारलाई सहयोग गर्दे जाने राजेश शर्मा ले बताए ।