माघ २३, गौरीगञ्ज भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । कोभिड संक्रमित भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । आज आइतबार सरस्वती पूजाकै दिन ‘मल्टी अर्गान फेलर’का कारण मंगेसकरकाे निधन भएकाे भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केहि हप्तायता मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालको सघन (आईसीयू) कक्षमा राखी उपचार गरिँदै आएको थियो। उनलाई कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो ।

लता मंगेसकरले १३ वर्षको उमेरदेखि गीत गाउन थालेकी थिइन् ।‌ उनले आफ्नो साँगितिक करियरमा ३० हजार भन्दा धेरै गीत गाइसकेकाछन् भने हिन्दी र नेपाली लगायत ३६ भन्दा धेरै भाषामा समेत उनले स्वर दिई सकेकी छिन् । उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छिन् ।

उनको जन्म सन् १९२९ मा भारतको इन्दौरमा भएको थियो ।