सरसफाइमा ध्यान नदिएपछी स्थानियले बन्द गराए कन्काइ ह्याचरी

पढ्न समय: 2 मिनेट

चैत ६ गौरीगञ्ज । स्थानियहरु सँगको लिखित सहमती कार्यन्वयन नगरेपछी स्थानियहरुले कन्काइ ह्याचरी बन्द गराएका छन् । झापाको गौरीगञ्ज ३ र गौरादह ८ को सीमामा रहेको ठेकीटोलको कन्काइ ह्याचरी कुखुरा फामले सरसफाइमा ध्यान नदिएपछी स्थानियहरुले सो ह्याचरी बन्द गराएका छन् । ह्याचरीबाट निस्केको दुर्गन्ध झिँगा र फोहरले स्थानियहरुको स्वास्थ्यमा असर गर्न थालेपछी २०७६ सालदेखि नै स्थानियहरु आन्दोलित हुँदै आएका थिए । २०७६ सालमा स्थानियहरु आन्दोलित भएपछी सो ह्याचरीले आन्दोलित स्थानियहरुसँग ३ महिना भित्र सरसफाइ ब्यवस्थापन गर्ने लिखित सहमती गरेका थिए । तर आफैले गरेको सहमती पालना नगरेपछी त्यस यता स्थानियहरु पटक पटक आन्दोलित हुँदै आएका छन् ।

- Advertisement -
Ad image

पछिल्लो समय सो ह्याचरीले मरेका चल्लाहरु जथाभाबी फाल्न थालेको र ति फालिएका चल्लाहरु कुकुरहरुले गाउँभरी फैलाउन एका छन् । थालेपछी केहि दिन देखि स्थानियहरु फेरि आन्दोलित भएका कुरा स्थानिय राजु बस्नेतले बता । बिगत छ सात बर्षदेखि सरसफाइमा ध्यान दिन आग्रह गर्दा पनि ह्याचरीका सञ्चालकले नटेरेपछी आफुहरु आन्दोलित हुनु परेको स्थानियहरुले बताएका छन् ।

बिहिबार देखि नै कन्काइ ह्याचरीको मुल गेटमा ताला लगाएर आन्दोलित भएका स्थानियहरुले कुनैपनि हालतमा सो ह्याचरी बन्द गरिनु पर्ने माग राखेका थिए ।

अबेर साँझ सम्म पनि आन्दोलित स्थानियहरु पछि नहटेपछी अन्तत अब उप्रान्त सो ह्याचरीबाट चल्ला उत्पादन नगर्ने र भएका कुखुरा र चल्लाहरु ३ महिना भित्र अन्यत्र ब्यवस्थापन गर्ने गरि ह्याचरी सञ्चालक सुजन थापा र स्थानियहरु बिच लिखित सहमती भएको छ ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्