बैशाख ३० झापा । गौरीह्गञ्ज गाउँपालिका ले बुधबार मध्यरात बाट जारी गरेको पुर्ण लकडाउनलाई चुनौती दिने गरी गाउँपालिका कै अफिसियल एकाउन्टबाट कृषि शाखाले जारी गरेको कृषि सामग्री बितरण सँबन्धी सुचना १५ घण्टा पछी बल्ल हटाइएको छ । सो विरोधाभास पुर्ण सुचना बारे हिजै गौरीगञ्ज दर्पण डटकम ले गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत राजु दाहाल लाई अबगत गराएका थिए भने दुबैले सो सुचनाबारे आफुलाई थाहा नभएको र त्यस्तो सुचना जारी भएको भए हटाउन लगाउने प्रतिकृया दिएका थिए । यद्यपि आज बिहान ७: ३० बजे सम्म गाउँपालिका को अफिसियल एकाउन्ट बाट न त कृषिशाखाको सो बिबादास्पद सुचना हटाइएको थियो न त सो सुचना परिवर्तन गरिएको थियो । गाउँपालिका ले जारी गरेको पुर्ण लकडाउन सँबन्धी महत्वपूर्ण सुचना समेत सो एकाउन्ट मा अपलोड गरिएको थिएन ।

गौरीगञ्ज दर्पण मा छापिएको समाचार


कृषिशाखाको सो बिबादास्पद सुचना बिहान सम्म गाउँपालिका को एकाउन्ट बाट नहटाउँदा कृषक उपभोक्ता हरु अन्यौलमा परेका थिए । उनिहरुले गौरीगञ्ज दर्पण डटकम मा फोन गरेर सो बारे जिज्ञासा राखे पछि गौरीगञ्ज दर्पण डटकम ले सो बारे आज बिहान समाचार लेखेका थिए ।

समाचार छापिएपछी बिहिबार बिहान बल्ल अपलोड गरिएको कृषि शाखा को सुचना


समाचार प्रकाशित भए लगतै सुचना शाखाले सो एकाउन्टबाट कृषिशाखाको हिजो जारी भएको सुचना १५ घन्टापछी बल्ल हटाएको छ भने कृषि शाखाले कृषि सामग्री बितरण कार्यक्रम स्थगित गरेको सुचना र गाउँपालिका को लकडाउन सँबन्धी सुचना बल्ल अपलोड गरिएको छ ।