पुस २४ गौरीगञ्ज । झापा र मोरँगमा सदियौ देखि बसोबास गर्दै आइरहेका सन्थाल समुदायहरुको महान चाँड सोहराय पर्व शुरु भएको छ । पर्वको अबसर पारेर सँथाल जातिय साँस्कृतिक उत्थान कार्यक्रम समिती गौरीगञ्जले एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान तथा दिसम सोहराय पर्व जागरण अभियान शुरु गरेको छ ।
गौरीगञ्ज २ स्थित बघाचौधरी बजारमा आयोजित कार्यक्रममा नेपाल सँथाल आदिबासी जनजाति उत्थान सँघ का अध्यक्ष सुन्दर बेस्रा र उपाध्यक्ष मनोज बास्की लगायतका सन्थाल अगुवा हरुको उपस्थितीमा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासँघ गौरीगञ्जका अध्यक्ष गँगा राजवँशी लगायत गौरीगञ्ज गापाका कार्यपालिका सदस्यहरु वडा सदस्यहरु तथा बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपाल सँथाल आदिबासी जनाती उत्थान सँघका अध्यक्ष सुन्दर बेस्राले सोहराय पर्वको महत्व र इतिहास बताउदै बिभिन्न धर्महरुको आक्रमणमा परि सँथाली सँस्कृती र परम्परा लोप हुदै गएको जिकिर गर्दै आफ्नो लोक सँस्कृती र परम्पराको सँरक्षण गर्न आवश्यक रहेको बताए । त्यसै गरि उपाध्यक्ष मनोज बास्कीले दिसम सोहराय पर्वको शुभकामना दिदै आफ्नो मातृ भाषा र सँस्कृतीको जगरेर्ना गर्नु अहिलेको आवश्यक्ता रहेको बताए ।
सँथाल जातिय साँस्कृतिक उत्थान समितीका अध्यक्ष जेठा मुर्मुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाती महासँघ गौरीगञ्जका अध्यक्ष गँगा राजवँशी कार्यपालिका सदस्य रिता तामाङ वडा सदस्य नेत्र राजवँशी पुर्व वडा सदस्य अरुण राजवँशी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्थानिय सँथाल कलाकारहरुले सँथाल सँस्कृती झल्किने बिभिन्न साँस्कृतिक प्रस्तुतीहरु राखेका थिए भने केयक्रममा प्रमुख अतिथी बनाइएका गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी कार्यक्रमको अन्तिम अबस्थामा उपस्थित भएका थिए ।
दिसम सोहराय पर्व सँथाल आदिबासीहरुको सबै भन्दा ठुलो पर्वको रुपमा लिने गरिन्छ भने यो पर्व माघे सँक्रान्तिको एक हप्ता अघि शुरु भएर माघे सँक्रान्तिको दिन सम्म मनाउने गरिन्छ ।