सँभावित गौरीगञ्ज जेसिजको नेतृत्व बिकास तालिम

पढ्न समय: 1 मिनेट

साभावित गौरीगञ्ज जेसिजको व्यवस्थापन तथा गौरादह जेसिजको आयोजनामा एक दिवशीय नेतृत्व विकास तालिम सम्पन्न गरेको छ । हिजो असार १४ गते गौरीगञ्ज ६ खजुरगाछी स्थित आठमौजा सहकारीको सभाहलमा तालिम सम्पन्न भएको हो ।

गौरादह जेसिज २०२५ का अध्यक्ष दुर्लभ कार्कीको सभापतित्व र गौरीगञ्ज गाउँपालिकाकी उपाध्क्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा बिर्ता लेडी २०२४ की अध्यक्ष मेनुका ओलीले सहजिकरण गरेकी थिइन भने सँभावित गौरीगञ्ज जेसिज महासचिव प्रवेश श्रेष्ठ ले उद्घाटन तथा समापन कार्यक्रमको सहजिकरण गरेका थिए ।

- Advertisement -
Ad image

कार्यक्रमको सँयोजन भने सँभावित गौरीगञ्ज जेसिजका कार्यकारी उपाध्यक्ष अभिषेक गड्तौलाले गरेका थिए । कार्यक्रममा सँभावित गौरीगञ्ज जेसिजका ३२ जना सदस्यहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्