बैशाख ३० झापा । गौरीगञ्ज गाउँपालिका वडा नं १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी सँक्रमण मुक्त भएका छन् ।‌ बुधबार पिसिआर परीक्षण का निम्ति स्वाब दिएका उनको बिहिबार नतिजा नेगेटिभ आएको कुरा उनले गौरीगञ्ज दर्पण डटकम लाई जानकारी गराएका छन् । उनलाई बैशाख १७ गते कोरोना सँक्रमण पुष्टि भएको थियो ।
शुरुमा सामान्य ज्वरो आएर पिसिआर परीक्षण गराउदा पोजेटिभ देखिएका उनको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको थियो । १७ गते पोजेटिभ देखिएका उनको १९ गतेसम्म आईपुग्दा साँस फेर्न गाह्रो हुने अवस्था बाट समेत गुज्रेका थिए ।
सँक्रमण मुक्त भए पछि उनले प्रतिक्रिया दिदै यस पटकको कोरोना लाई हेल्चेक्र्याईका रुपमा लिन नहुने बताएका छन् । सँक्रमण अवधिको अनुभब सुनाउदै उनले सामान्य ज्वरो र खोकि बाट शुरु भएको कोरोना सँक्रमाणले पछि साँस फेर्न गाह्रो बनाउने गहिरो खाल्को टाउको दुख्ने स्वाद हराउने खाना खान पटक्कै मन नलाग्ने शरिर एकदमै कमजोर भएर जाने जस्ता समस्या हरु देखा परेको कुरा बताए ।
आफुले अनुभब गरे अनुसार यो रोग अत्यन्तै खतरनाक किसिमको रहेकोले अनावश्यक रुपमा हिडडुल नगर्न मास्क प्रयोग गर्न र लकडाउनको पुर्ण पालना गर्न सबैमा अनुरोध गरेका छन् । पछिल्लो समय वडा नँ १ महाभारा कोरोना सँक्रमण को हटस्पट बन्दै गएको छ । गौरीगञ्जका ४४ सँक्रमित मध्ये ३४ सँक्रमित यसै वडाका छन् ।