बैशाख ३० झापा । कोरोना सँक्रमण का कारण गौरीगञ्ज मा एक पुरुषको मृत्यु भएको छ । वडा नँ ६ खजुरगाछी का ६० वर्षिय पुरुषको मृत्यु भएको कुरा मृतकका परिवारिक स्रोतले जनाएको छ । उनलाई १९ गते सँक्रमण पुष्टि भएको थियो भने २० गते स्वासप्रस्वास मा समस्या भएपछि उनलाई बिराटनगर लागिएको थियोे ‌। बिराटनगर स्थित कोभिड अस्पतालमा उपचार का क्रममा उनको मृत्यु भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ ।
गत बर्ष पनि कोरोना सँक्रमण का कारण वडा नँ ६ खजुरगाछी का एक बृद्धको ज्यान गएको थियो ।