
चैत १०,गौरीगञ्ज । गाउँपालिका भित्र नियम बिपरित कुनै कार्य भए गाउँपालिका अध्यक्ष ले सो कुराको खबरदारी गर्नु पर्ने हो तर गौरीगञ्ज गाउँपालिकामा भने गाउँपालिका अध्यक्ष कै आदेशमा विद्यालय भित्र बिद्यार्थी हरुको पठनपाठन अवरुद्ध हुने गरी पार्टी को कार्यक्रम गरिएको छ । बिद्यार्थी हरुको पठनपाठन अवरुद्ध हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले गौरीगञ्जको एक बिद्यालयमा मँगलबार पार्टी कार्यक्रम गरेको छ । पठनपाठन अवरुद्ध हुने गरी विद्यालयहरुमा कार्यक्रम गर्न नपाईने प्राबधान हुदाहुदै गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ आबद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी ले गौरीगञ्ज ४ लतिझुला स्थित सरस्वती प्राविमा आज बिद्यार्थी हरुको पठनपाठन अवरुद्ध गरि वडा अधिवेशन सम्पन्न गरेको छ ।

अघिल्लो चुनाब ताका बिद्यालय ब्यबस्थापन समिति ले बिद्यालयमा कुनैपनि राजनैतिक दलहरु लााई बिद्यालय समयमा बिद्यालय भित्र कार्यक्रम गर्न अनुमति नदिने निर्णय गरिएपनि बिद्यालयकी प्रधानाध्यापक सन्ध्या ताजपुरिया ले ब्यबस्थापन समिति को निर्णयलाई लत्याउदै कार्यक्रम गर्न अनुमति दिएको कुरा बिद्यालय ब्यवस्थापन समिति का एक सदस्यले बताए ।
दिउँसो एक बजे पछी कार्यक्रम गर्न कक्षा कोठा खालि गर्न लगाईएको र कार्यक्रम का लागि कक्षा कोठा उपलब्ध गराउन कक्षा १ देखि ३ सम्मका विद्यार्थी हरुलाई एउटै कोठामा बस्न बाध्य पारिएको कुरा एक अभिभावकले बताए । ” टिफिन पछी तिनवटा कक्षाका विद्यार्थी लाई एकैठाउँमा राखियो । ठटिफिन पछी पठनपाठन पनि भएन” उनले गुनासो गरे ।
बिहान गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ ले फोन गरेर पार्टी को कार्यक्रम गर्न बिद्यालयको कोठा मागेको र आफुले अध्यक्ष को कुरा काट्न नसकेर विद्यालयमा टिफिन टाइम पछी कोठा उपलब्ध गराएको कुरा बिद्यालय की प्रधानाध्यापक सन्ध्या ताजपुरिया ले बताइन । बिद्यार्थी को पठनपाठन नै अबरुद्ध हुने गरि बिद्यालयमा पार्टी को कार्यक्रम गर्न प्रधानाध्यापक ले अनुमति दिन मिल्छ त ? भन्ने प्रश्न मा प्रअ ताजपुरिया ले नियमले त नमिल्ने हो तर गाउँपालिका अध्यक्ष ले नै कोठा मागेपछी आफुले कुरा काट्न नसकेको कुरा बताइन् ।
गत चुनाब ताका सो विद्यालयमा नेपाली काँग्रेस पार्टी ले कार्यक्रम गर्न खोज्दा प्रअ ताजपुरिया ले कार्यक्रम गर्न नदिएको र सोहि समय विद्यालय व्यवस्थापन समितिको बैठक बसि कुनैपनि राजनैतिक दलहरु लाई विद्यालय समयमा बिद्यालय भित्र कार्यक्रम गर्न नदिने निर्णय गरिएको कुरा तत्कालीन ब्यबस्थापन समिति का एक सदस्यले गौरीगञ्ज दर्पण डटकम लाइ बताएका छन् ।