फागुन २५, गौरीगञ्ज ।‌ नेपाली काँग्रेस वडा समिति ले गौरीगञ्ज वडा नँ ३ मा आफ्ना भातृ सँगठन हरुको बिस्तार गरेको छ । वडा समितिले मँगलबार पार्टी को दुइ भातृ सँगठन नेपाल तरुण दल र नेपाल किसान सँघ को वडा कमिटी गठन गरेको छ ।

पार्टी को वडा नं ३ का वडा सभापति यादव श्रेष्ठ को अध्यक्षता बसेको बैठकले जनक कोइरालाको सँयोजकत्वमा तरुण दलको वडा कमिटी गठन गरेको छ । दलको सह सँयोजकमा दिपक साह, सचिवमा श्रीप्रसाद तिम्सिना, हसचिवमा सुनिल महतो, र कोषाध्यक्षमा राजेश साह चयन भएका छन् । दलको सदस्य मा भने प्रबिण दास, निन्देश्वर महतो लगायत २४ सदस्यीय समिति गठन गरिएको छ ।

त्यसैगरी मोहन भण्डारी को सँयोजकत्वमा किसान सँघ वडा समिति गठन भएको हो । नेपाल किसान सँघ वडा ३ को वडा समिति सह सँयोजकमा शँकर ताजपुरिया र सदस्य हरुमा राजकुमार महतो, आस्मा प्रधान र महानन्द निरौला चयन भएका छन् ।

नेपाली काँग्रेस गौरीगञ्जका सभापति अघनु प्रसाद राजवंशी को प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य साबित्रा कटुवाल, हिमा आचार्य क्षेत्रिय प्रतिनिधि दिपेन्द्र थापा, मखना महतो, लगायतको उपस्थिति रहेको थियो ।