मँसिर १४ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका को वडा नँ ५ को कार्यालय भवनको शिलान्यास गरिएको छ । मँगलबार बिहान सो भवनको शिलान्यास गरिएको हो । गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा ले सँयुक्त रूपमा सो भवनको शिलान्यास गरेका हुन् ।
उपभोक्ता समिति मार्फत रु ४४ लाखको लागतमाबन्न लागेको सो भवन जेठ मसान्तसम्म बनिसक्नु पर्ने सँझौता रहेको कुरा श्रोतले बताएको छ । शिलान्यास कार्यक्रममा वडाध्यक्ष बिजय सिँह गन्गाई, उपभोक्ता समिति अध्यक्ष हरि नारायण ताजपुरिया, लगायत वडा सदस्य हरुको उपस्थिति रहेको थियो ।
सो भवन निर्माण को उपभोक्ता समिति गठन गर्दा बडा कार्यालय ले सुचना टाँस नगरेको गुनासो स्थानीय हरुले गरेका छन् । गत वर्ष देखि वडा नँ ३ र ४ को वडा कार्यालय भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ । वडा नँ ३ र ४ को कार्यालय भवनपनि उपभोक्ता समिति मार्फत गराईएको छ । यो तिन वटै भवनका लागि गाउँपालिका ले हजारौ रकम खर्च गरेर कन्सल्टेन्ट मार्फत डिपिआर गराएका थिए । सार्वजनिक खरीद ऐन र नियमावली अनुसार डिपिआर गरिएका तथा जटिल प्रकृति का सँरचना हरु उपभोक्ता समिति मार्फत गराउन पाईदैन । पछिल्लो समय गाउँपालिका भित्र ऐन नियम बिपरितका सँस्थागत भ्रष्टाचार मौलाउदै गएको छ ।