फागुन ३०, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको ४ नँबर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । सोमबार गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले रिबन काटेर र शिलालेख अनावरण गरेर नयाँ भवनको उद्घाटन गरेका छन् ।
यस अघि वडा नं ४ को कार्यालय ले किरायाको घरमा कार्यालय राखेर सेवा दिइरहेको थियो । सोहि पुरानो कार्यालय बाट केहि पुर्व स्थानीय समाजसेवी सुरेश चन्द्रवँशी र उनकी श्रीमती मन्ती देवी चन्द्रवंशी ले ४ कट्ठा जग्गा दान दिएपछी गाउँपालिका को ६६ लाखको बजेटबाट सो चार कोठे नयाँ भवनको निर्माण गरिएको हो ।
उद्घाटन कार्यक्रममा जग्गा दाता सुरेश चन्द्रवँशी र मन्ती देवी चन्द्रवँशी लाई गाउँपालिका अघ्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा ले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
वडाध्यक्ष कुलप्रसाद गिरी को अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपेन्द्र थापा, प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, वडा नं ३ का वडाध्यक्ष मखना महतो, लगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।