जेठ २०, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ का स्थानीय हरुले नव निर्वाचित वडाध्यक्ष श्रवण गिरी लाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । स्थानीय चन्दन दास उत्तम दास लगायत १६ जना स्थानीय वडा बासी हरुले वडा समिति ले काम गर्दा पहिलो प्राथमिकता मा राख्नुपर्ने १३ वटा सुधारका काम सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्र बुझ्दै नव निर्वाचित वडाध्यक्ष श्रवण गिरी ले वडावासी हरुको ध्यानाकर्षण पत्र सान्दर्भिक रहेको र सो बारे वडा समिति बैठकमा छलफल गरि सँबोधन गरिने कुरा बताए । आफुपनि नयाँ भएकाले बेला बेलामा वडा वासी रुपले यसरी नै ध्यानाकर्षण गराई दिए आफयलाफ काम गर्ने सजिलो हुने कुरा बताए ।
वडा वासी हरुको तर्फ बाट गरिएको १३ बुँदे ध्यानाकर्षण यस प्रकार छन् –
(१.) वडा नं. ३ को बजार क्षेत्रको फोहोर मैला व्यवस्थापन
(2) मासुजन्य पदार्थ बिक्री वितरणको उचित व्यवस्थापन, (३.) सडक बत्ती हरुको मर्मत सम्भार तथा उचित समयमा वाल्ने र निभाउने कार्यको व्यवस्थापन
(४) हुलाकी बाटोको डिभाइडर मा वोट विरुवा लगाई हराभरा बनाउने कार्यको व्यवस्थापन,
(५.) धार्मिक तथा सामाजिक कार्यक्रमहरू बाट हुने ध्वनि प्रदूषण को उचित व्यवस्थापन,
(5) हुलाकी राजमार्ग तथा अन्य मित्री बाटोहरूमा अव्यवस्थित तरीकाले राखिएका निर्माण सामग्रीहरुको उचित व्यवस्थापन,
(6) बजार क्षेत्र भित्र ठाउँ ठाउँमा स्थायी प्रकारका डस्टबिन हरुको व्यवस्थापन,
(८) बजार क्षेत्र भित्र ठाउँ ठाउँमा शुद्ध पिउने पानीको व्यवस्थापन,
(5) बजार क्षेत्र भित्र सार्वजनिक शौचालयको व्यवस्थापन, (१०) बजार क्षेत्रमा “खुल्ला व्यायामशाला “को निर्माण तथा व्यवस्थापन,
(११) बजार क्षेत्रमा बस्ने फलैचा को व्यवस्थापन,
(१२) घरपालुवा पशु पँक्षी हरु लाई खुल्ला नछोडी घरमै उचित व्यवस्थापन गरी पाल्न लगाउने व्यवस्था गर्ने
(१३) सिटी, भ्यान, अटो तथा अन्य सवारी साधन हरुको उचित पार्किंग को व्यबस्थापन,