चैत १४ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को कार्यालयको आयोजनामा ५ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ । नमस्ते टेक्नीकल इन्स्टिच्युट को प्राबिधिक सहयोगमा भएको तालिममा वडा भित्रका ३० जना महिलाहरु सहभागि भएका थिए । सञ्चारकर्मी तथा प्रशिक्षक इन्द्र सिँह राजवँशीले तालिममा सहभागिहरुलाइ उद्घोषण कला तथा मइन्युट लेखन सँबन्धी प्रशिक्षण दिएका थिए ।
मँगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरि तालिम समापन गरिएको छ । वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीको अध्यक्षतामा भएको समापन समारोहमा तालिममा सहभागि प्रशिक्षार्थीहरुलाइ प्रमाण पत्र बितरण गरिएको छ । समापन समारोहमा वडा सदस्यहरु शर्मिला राइ र मीना पासवान तथा वडा सचिब गोबिन्द राजवँशी तथा नमस्ते टेक्निकल इन्स्टिच्युटका अध्यक्ष दयालाल राजवँशी लगायतको उपस्तिती रहेको थियो । प्रशिक्षार्थीहरुका तर्फबाट सुमित्रा बुढाथोकी ललीता महतो र जानुका न्यौपानेले मन्तब्य रनखेका थिए भने कार्यक्रमको सहजिकरण प्रशिक्षार्थी कबिता आचार्यले गरेका थिए ।