चैत ६ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ १ मा सिलाइकटाइ तालिम शूरु भएको छ । वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले आइतबार ब्यानर पढेर तालिमको उद्घाटन गरेका छन् । गौरीगञ्ज गाउँपालिकाको उद्यम बिकास शाखा को आयोजनामा हिजो आइतबार देखि वडामा ३ महिने सिलाइकटाइ तालिम शुरु भएको हो ।

dg

तालिमको उद्घाटन सत्रमा वडाध्यक्ष राजवँशी लगायत वडा सदस्यहरु राजभक्त सुनुवार रेखा राजवँशी कृष्ण महतो वडा सचिव सुमन रेग्मी उद्यम बिकाश शाखाका फोकल पर्सन भिमा राइ उद्यम बिकाश सहजकर्ताहरु निशा सिँह र सुनिता मगर लगायतको उपस्थिति रहेको थियो ।

gd

तालिममा वडा नँ १ का २९ जना महिलाहरु सहभागि रहेको कुरा उद्यम बिकाश सहजकर्ता निशा सिँह ठकुरीले बताएकी छन् । उद्यम बिकाश शाखाकै आयोजनामा वडा नँ १ मा ब्युटिसियन तालिम र वडा नँ ५ मा सीलाइकटाइ तालिम पनि चलिरहेको छ । पालिका भित्रका महिलाहरुलाइ स्वरोजगार बनाउने उद्देश्यले तालिमहरु सञ्चालन गरिएको कुरा फोकल पर्सन भिमा राइले बताएकी छन् ।