पुस १७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयले जाडोबाट बचाउन २४ बिपन्न परिवार लाइ सिरक बितरण गरेको छ । गत बर्ष कै योजनामा परेको तर गत बर्ष छनौट भएका ब्यक्तीले सिरक नलगेपछी यो बर्ष पुन वडा समितीबाट निर्णय गरेर सिरक बितरण गरिएको कुरव वडाध्यक्ष कार्तिकलाल राजवँशीले बताएका छन् ।
बितरण कार्यक्रममा वडा सदस्यहरु राजभक्त सुनुवार दुर्गा परियार रेखा राजवँशी लगायतको उपस्थिती रहेको थियो ।