जेठ १६ झापा । गौरीगञ्ज गाउँपालिका वडा नँ ४ मा वडाध्यक्ष कुल प्रसाद गिरी का छोरा खुम प्रसाद गिरी ले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को रकममा अनियमितता गरेको घटना सेलाउन नपाउदै उनि नियम बिपरित अर्को उपभोक्ता समिति मा समेत पदाधिकारी रहेको पाइएको छ ।
वडा नँ ४ को चिहान डाँडाछेउ सन्थाल टोल जाने बाटोमा कल्भर्ट निर्माण उपभोक्ता समितिको सचिव रहेको समेत पाईएको छ । रु १६ लाखको बजेटमा निर्माण भइरहेको सो कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको छैन ।

समिती गठनको माइन्यु
सचिब पदमा खुम प्रसाद गिरी

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को उपभोक्ता समिति माइन्युट

नियम अनुसार एउटा समिति को योजना फरफारक नभएसम्म एउटै व्यक्ति एक भन्दा बढि उपभोक्ता समिति मा बस्न पाइदैंन । तर उनि एकै समय प्रधानमन्त्री स्वरोजगार कार्यक्रम को उपभोक्ता समिति अध्यक्ष र सन्थाल टोल जाने बाटोमा कल्भर्ट निर्माण उपभोक्ता समितिको सचिव पदमा बसेको पाइएको छ ।
गौरीगञ्ज गाउँपालिका ले राजपत्रमा प्रकाशित गरेको “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि” बिपरित वडा नँ ४ का वडाध्यक्ष कुल प्रसाद गिरीले आफ्नै छोरा लाई एकै समय एक भन्दा बढि उपभोक्ता समिति मा पदाधिकारी बनाएको हो । गाउँपालिका ले २०७५ साल माघ २० गतेदेखि जारी गरेको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि को परिच्छेद २ को दफा ४ (छ) मा “एक ब्यक्ती, एक भन्दा बढि उपभोक्ता समितिको सदस्य हुन पाउने छैन ” लेखिएको छ ।

उपभोक्ता समिति गठन सँबन्धी गाउँपालिकााले जारी गरेको ऐन