पुस ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नँ १ को कार्यालयको आयोजना तथा नमस्ते टेक्नीकल इन्स्टिच्युट एण्ड कन्सलटेन्सीको प्राबिधिक सहयोगमा महिला हिन्सा बिरुद्ध तथा लैँगिक समानता सँबन्धी तीन दिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

बिहिबार वडा कार्यालयको सभाहलमा आयोजित समापन समारोहमा बैल्दै वडाध्यक्ष कार्तिकलाल राजवँशीले सचेतना बिनाको भौतिक बिकासले मात्र समाज बिकसित नहुने कुरा बताएका छन् । तालिममा सहभागि प्रशिक्षार्थी शुसिला ताजपुरियाले घरको काममा मात्र कुजिएर बसेका महिलाहरुलाइ घर बाहिरको सँसारमा पुरुष सरह आफुलाइ उभ्याउन यस्ता तालिमहरु आवश्यक रहेको बताएकी छन् ।

त्यसैगरि अर्का प्रशिक्षार्थी मनिता सुबेदीले महिला राष्ट्रपती भएको देशमा महिलाहरु नै पिडित रहेको र त्यस बिरुद्ध आवाज उठाउन यस्ता तालिम गोष्ठीहरु सहायक सिद्ध हुने कुरा बताएकी छन् । उनले प्रशिक्षकहरु गँगादेवी कार्की र रुद्र प्रसाद धमला लाइ धन्यबाद समेत दिएकी छन् ।

वडाध्यक्ष कार्तिकलाल राजवँशीको अध्यक्षतामा भएको समापन समारोहमा नमस्ते टेक्नीकल इन्स्टिच्युटका अध्यक्ष दयालाल राजवँशी वडा सदस्य राजभक्त सुनुवार र वडाध्यक्ष राजवँशी लगायतले मन्तब्य राखेका थिए भने स्थानीय प्रभु साहले गीत गाएर तथा प्रशिक्षार्थी गोमा पराजुलीले कबिता बाचन गरेर मनोरञ्जन समेत प्रदान गरेका थिए । समापन समारोहको सहजिकरण नमस्ते टेक्नीकल इन्स्टिच्युटका प्रबन्धक राजकुमार राजवँशीले गरेका थिए । तालिममा ४८ जना महिला हरुको सहभागिता रहेको थियो।