असार १८, गौरीगञ्ज । लायन्स क्लब अफ गौरीगञ्जले हुलाकी सडक अन्तर्गत को दुर्घटना ग्रस्त क्षेत्रमा ट्राफिक सचेतना वोर्ड राखेको छ । हुलाकी सडक अन्तर्गत को खजुरगाछी बजार पश्चिम क्षेत्रमा ट्राफिक सचेतना वोर्ड राखेको हो । हुलाकी सडक मा पश्चिम तर्फ सडक फराकिलो भएको स्थानमा अत्याधिक दुर्घटना हुन थालेपछि क्लबले सो स्थानमा सचेतना वोर्ड राखेको हो ।

सो स्थानमा राति पश्चिम तर्फ बाट आउने मोटरसाइकल चालक हरु बिचको डिभाइडरमा ठोक्किएर दुर्घटना हुने गरेको छ । त्यसका लागि क्लबले राति मोटरसाइकल को हेडलाइट को उज्यालो पर्दा टल्किने बोर्ड राखेको कुरा क्लबका द्वितिय उपाध्यक्ष नगेन्द्र कुमार ढकालले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय का प्रमुख र ट्राफिक प्रमुखको उपस्थितिमा लायन्स क्लब अफ गौरीगञ्जका अध्यक्ष अर्जुन दँगालको अध्यक्षता मा औपचारिक कार्यक्रमका का बिच सो बोर्ड राखिएको छ ।