साउन २७, गौरीगञ्ज । प्रतिबन्धित लागु औषध सहित झापाको गौरीगञ्ज ६ खजुरगाछी बाट ३ जना पक्राऊ परेका छन् । बिओपी खजुरगाछी बाट खटिएका सशस्त्र प्रहरी को गस्ति टोली ले उनिहरुलाई ३ सय थान नाइट्रोजिपाम् ट्यावलेट सहित खजुरगाछी माबि अगाडि बाट पक्राउ गरेको कुरा प्रहरी ले जनाएको छ ।

पक्राउ पर्नेमा गौरादह ८ का देबराज माझी, र उनका सहयोगी हरु दिपक चौधरी र उदय कार्की रहेको कुरा जिल्ला प्रहरी कार्यालय झापाले बनाएको छ । उनिहरुलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान का लागि इलाका प्रहरी कार्यालय गौरीगञ्जको हिरासतमा राखिएको कुरा प्रहरीले जनाएको छ ।