बैशाख ३०, गौरीगञ्ज । झापामा जारी निषेधाज्ञालाई जेठ ७ गते सम्मका लागि लम्ब्याउने निर्णय गरिएको छ । आज बसेको जिल्ला स्तरीय डिसिसिएमसिको बैठकले सो निर्णय गरेको हो । निर्णय लगतै जिल्ला प्रशासन कार्यालय झापाले थप कडाई हुने गरि निषेधाज्ञा जारी गरेको छ ।
झापाका प्रमुख जिज्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्वारा जारी गरिएको आदेशमा निषेधाज्ञालाई कडाइ गर्दै आवतजावतलाई पूर्ण रुपमा निरुत्साहन गरिने उल्लेख गरिएको छ ।
आदेशमा औषधी खरिद र उपचारका लागि वाहेकका कुनै पनि ब्यक्ति घर बाहिर निस्कन नपाउने उल्लेख छ ।
आंशिक रुपमा खुल्दै आएका खाद्यान्न लगायतका सबै पसल, व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
हरियो तरकारी , फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह तथा स्थानीय उद्योग वाणिज्य संघको समन्वयमा बिहान ८ बजेदेखि घरघरमा होम डलिभरी गर्न सकिने लगायतका निर्णय गरिएको छ ।
बैँक तथा वित्तीय संस्था सञ्चालन गर्दा माथिल्लो निकायको अनुमती लिइ न्युनतम कर्मचारीको उपस्थितिमा हप्तामा दुई पटक आलोपालोे गरेर सञ्चालन गर्न भनिएको छ । बचत संकलनलाई बन्द गर्न भनिएको छ ।
त्यस्तै सरकारी कर्मचारी, वित्तिय संस्थाका कर्मचारीहरुले परिचय पत्रको आधारमा विहान ९ देखि १० बजे र बेलुका ५ बजेदेखि ६ बजेसम्म कार्यालय प्रयोजनका लागि सवारी साधन प्रयोग गर्न पाउने उल्लेख छ ।
निर्णय हरु –