असार २५ गौरीगञ्ज ।‌ लकडाउनको बेला सब्जि बेचेको भन्दै प्रहरीले गरिखाने एक बिपन्न को हात भाँचि दिएपछि उनको परिवार विचल्ली मा परेको छ ।‌
प्रहरी ले गर जेठ १९ गते गौरीगञ्ज १ महाभारा हाटमा सामान्य चिया र सब्जी पसल चलाएर पाच जनाको परिवार पालिरहेका अति बिपन्न हँसराज महतोको हात भाँचि दिएका थिए ।
तिन जना नावालक छोरा छोरी सहित पाच जनाको परिवार को पेट भर्न दिन रात खटिनु पर्ने उनको हात प्रहरी ले भाँचि दिएपछी अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

जेठ१९ गते महाभारा हटियामा अरुले पनि सब्जि बेच्दै गरेको देखेपछि आफुले पनि सब्जि पसल थापेको तर पछी महाभारा चौकी बाट खटिएका प्रहरी ले पसल उठाउन भने पछी आफुले हटिया बाट सब्जि उठाएर आफ्नै घर र चिया पसलको पिढींमा राखेको तर त्यहाेआएर पनि प्रहरी ले किन सब्जि बेचेको भन्दै आफ्नो दाहिने हात अठ्याएको अठ्याइ पारेर भाँचि दिएको कुरा महतोले गुनासो गरेका छन् ‌ प्रत्यक्ष दर्शीहरुले पनि सो दिन प्रहरी ले हँसराज महतको हात भाचिदिएको कुरा गौरीगञ्ज दर्पण डटकम लाइ बताएका छन् । महतोको परिवार चिया पसल भएकै झुपडी मा बस्छन् । त्यो झुपडी बाहेक महतो परिवारको अरु कुनै श्रीसँपति छैन ।‌
हात भाँचिएपछि प्रहरी ले मेची अस्पताल मा लगेर उपचार गराइदिएको तर त्यसपछी फलो अप का लागि भद्रपुर जाँदाआउदा र उपचार अबधि भरी अस्पताल मा खाने बस्ने खर्च प्रहरी ले नदिएको भनि उनले गुनासो गरेका छन् ।
लकडाउनले एकै पैसा पनि कमाइ भएको छैन । घरमा त जे छ त्यही खाएर गुजारा चल्थ्यो तर अस्पताल बस्दा सब थोक किनेर खानु पर्यो अब मैले ति होटलको बिल तिर्न कहाँबाट पैसा ल्याउँ ? – उनले दुखेसो पोखे । परिवार पाल्न पैसा कमाउने मै हुँ तर प्रहरीले दाहिने हात भाचि दिए पछि एक महिना देखि केहि काम गर्न सकेको छुइन । के अरुको हात भावि दिएर उपचार खर्च बेहोर्नु नै न्याय हो ? मैंले काम गर्न नपाउदा को क्षतिपूर्ति कसले दिने ? – उनले प्रतिप्रश्न गरें । हामी गरिबको दुख सुन्ने कोहि रहेनछ । सरकार पनि धनी र पहुँचवाला हरुका लागि मात्र रहेछ ।
महाभारा चौकी का इन्चार्ज रुपेण राजभोरले जेठ१९ गते महाभारा चौकी का प्रहरी ले महतोको हात भाँचेको कुरा स्विकार गरेकाछन् । आफुहरुले सब्जि पसल बन्द गर्न भन्दा परीबार प्रतिकारमा उत्रेको र सोहि अवस्थामा तानातान हुदा महतोको हात भाँचिएको बताएकाछन् । महतोको हात भाँचिएपछि आफुहरुले मेचि अस्पताल मा लगेर उपचार गराएको बताएकाछन् । उपचार खर्च मात्र बेहोरेको र खाना खर्च र त्यसपछि को फलो अपमा जादा आउँदाको खर्च आफुहरुले बेहोर्न नसकेको कुरा राजभोरले बताएका छन् ।