
बिनिता निरौला ।
गौरादह/मानिसहरुलाई दैनिक नभैनहुने अति आवश्यक साग सब्जी तिउन तरकारी व्यापारीहरुले गाउँ गाउँमा बिक्री गर्न ल्याएपछि गाउँमा बजार बन्दकाे कुनै प्रवाह परेकाे छैन। काेराेना भाइरस संक्रमणका कारण निशेधआज्ञा जारी गरिदा बजार बन्द गरिएपछि ब्यापारीले गाउँमा ब्यापार गर्न थालेका छन।ब्यापार व्यावसाय गरेर जिबिकाे पार्जन गर्नेहरु बजार बन्द भएपछि गाउँ गाउँमा गएर ब्यापार गर्न थालेका हुन।ब्यापारीहरुले सिटिसफारी तथा साइकलमा सामान बाेकेर गाउँ बस्तीमा पुगेर ब्यापार गरिरहेका छन।गाउँ घरमा नभई नहुने अति आवश्यक खाद्यान्न, तरकारी तथा कपडा लगायतका सामान बाेकेर घुम्ती सेवा दिएका छन।घर आँगनमा ब्यापारीले चाहिएकाे समान ल्याएपछि ग्राहकलाई पनि बजार सम्म धाएर समान ल्याउने समस्याको अन्त्य भएकाे गौरादह -२ कि कमला देबि वाग्ले बताउँछिन्।भाइरस संक्रमण फैलिदा बाहिर जान नसक्ने अवस्थामा पुगेपछि गाउँमै सेवा पाउँदा ग्राहक पनि खुसी भएका छन।मानिसहरुलाई बिहान बेलुका हातमुख जाेर्न खाद्यान्न सामग्री खरिद गर्द छन।मानिसहरुलाई सागसब्जी तरकारी सबैलाई आवश्यक पर्दछ। बजार बन्द भएका कारण खाद्यान्न तरकारीकाे सामग्रीकाे समस्या हुने थियाे। आवश्यक सामग्री लिएर व्यापारी गाउँ गाउँमा पुगेपछि खाद्यान्न तथा तरकारी लगाएतका सामग्री खरिद गर्न सहज भएकाे छ। बजार खुल्ला हुदा स्थानीयका साथै बाहिय व्यापारीहरु ब्यापार गर्न आउथे।ग्राहकहरुले पनि आफुलाई चाहिएकाे सामन राेजेर किन्ने गर्द थिए।भाइरस संक्रमण फैलिएपछि भिडभाड गर्न राेक लगाउदै बढी भिडभाड हुने स्थानलाई राेक लगाइएको थियाे।बजार बन्द गरिएपछि बाहिय ब्यापारीहरुकाे आगमन राेकिएपछि स्थानीय ब्यापारीहरुलाई ब्यापार गर्न सहज भएकाे छ। किसानहरुले गाउँ घरमा उत्पादन गरेकाे तरकारी गाउँमा बिक्री हुन थालेकाे छ। स्थानीय ब्यापारीहरुले गाउँका किसानले उत्पादन गरेका तरकारीहरु गाउँमा बिक्री गरिरहेका छन।गौरादह नगरपालिका वडा नं -७ का बिजय शाहले गाउँबाट तरकारी खरिद गरेर गाउँमा बिक्री गर्दछन।गाउँमा खपत हुने तरकारी सिटिसफारीमा बाेकेर ब्यापार गर्दछन।सिटिसफारीमा बाेकेर गाउँमा डुलाएर ब्यापार गर्दा धेरै फाइदा नभएपनि सामान्य घर खर्च चल्ने गरेकाे बताउछन्।