बैशाख ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले ब्यक्तीगत घटना दर्ता सप्ताह मनाएको छ । बैशाख १ गतेदेखि शुरु भएको ब्यक्तीगत घटना दर्ता सप्ताह आज समापन भएको हो । समापनको दिन आज गाउँपालिकाले बिद्यार्थी सहितको र्याली निकालेको थियो । गाउँपालिकाको पञ्जिकरण शाखाको आयोजनामा ब्यक्तिगत घटना दर्ता सँबन्धी चेतना मुलक बिधिन्न ब्यानर सहित गौरीगञ्ज माध्यमिक बिद्यालय बाट निकालिएको र्याली ले गौरीगञ्ज र खजुरगाछी बजार परिक्रमा गरेका थियो । जन्म मृत्यु बिवाह सँबन्ध बिच्छेद र बसाइसराइ जस्ता ब्यक्तीगत घटनाहरु घटना घटेको ३५ दिन भित्र सँबन्धित वडा कार्यालयमा गइ दर्ता गराउदा दर्ता शुल्क नलाग्ने नियम रहेको छ । बुनै पनि ब्यक्तीले आफ्नो कानुनी पहिचान तथा सरकारी सेवा उपभोग गर्न ब्यक्तीगत घटना दर्ता गराउनु अनिवार्य रहेको कुरा गौरीगञ्ज गाउँपालिकाका पञ्जिकरण शाखा प्रमुख राजकुमार राजवँशीले बताएका छन् ।
र्यालीमा गौरीगञ्ज माबिका बिद्यार्थीहरु सँग पञ्जिकरण शाखाका प्रमुख राजकुमार राजवँशी लगायत केहि सहायक स्तरका कर्मचारीहरुको मात्र उपस्थिती थियो । ११ बजे नै र्याली निकाल्ने समय तय भएपनि गाउँपालिका का अध्यक्ष फुलबती राजवँशी लगायतका जनप्रतिनिधिहरुको पर्खाइमा मध्यान्ह १२ बजे मात्र र्याली निकालिएको थियो । एक घण्टा पर्खिदा समेत कुनै जनप्रतिनिधिको उपस्थिती नदेखिएपछी कर्मचारी र बिद्यार्थीहरुको मात्र र्याली निकालिएको थियो ।
जनप्रतिनिधिहरुकै पर्खाइका कारण बैशाखको मध्य दिनको टन्टलापुर घाममा कलिला बालबालिकाहरु सेकिन बाध्य भएका थिए । गौरीगञ्जका जन निर्वाचित जनप्रतिनिधिहरु आफुहरु एसी वाला कोठामा बसेर यसरी कलिला बालबालिकाहरुलाइ र्यालीको नाममा टन्टलापुर घाममा प्रयोग गर्नुले जनप्रतिनिधिहरुको गैर जिम्मेबारी स्पष्ट भएको छ ।