असार २७, गौरीगञ्ज । राजवंशी समाज बिकास समिति गौरीगञ्जको पालिका स्तरीय समिति को अध्यक्षमा गीतकार गोपाल राजवंशी अत्याधिक बहुमतले निर्वाचित भएका छन् भने महिला उपाध्यक्ष पदका लागि जस्ना राजवंशी निर्वाचित भएका छन् । समिति को आईतबार शुरु भएको पालिका स्तरीय प्रथम अधिवेशन को बन्दसत्र मा सहमति जुट्न नसकेपछि सोमबार बेलुकी ४ बजे अध्यक्ष र महिला उपाध्यक्ष पदका लागि चुनाव भएको थियो ।

चुनाबमा ३० मत मध्ये २९ मत खसेको मा अध्यक्ष पदका लागि गोपाल राजवंशी ले २५ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी प्रमोद राजवंशी ले ४ मत प्राप्त गरेका छन् ।‌त्यसैगरि महिला उपाध्यक्ष पदका लागि २८ त खसेको मा जस्ना राजवंशी ले १८ मत प्राप्त गरि निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी रुक्मणी राजवंशी ले १० मत प्राप्त गरेका छन् ।

अन्य पदमा भने सर्वसम्मतिले पदाधिकारी चयन भएको छ । जस अनुसार उपाध्यक्ष पदमा गँगा राजवंशी, सचिव मा तिलक प्रसाद राजवंशी, सहसचिव मा श्यामबत्ती राजवंशी, कोषाध्यक्षमा मेनुका राजवंशी, तथा सदस्य हरुमा लेल्टु राजवंशी, कृष्ण प्रसाद राजवंशी, महेश कुमार राजवंशी, हरिप्रसाद राजवंशी, पानालाल राजवंशी, राजकुमारी राजवंशी, सुनिता राजवंशी, सुशिला राजवंशी र कल्पना राजवंशी चयन भएका छन् । निर्वाचित पदाधिकारी हरुलाई निर्वाचन अधिकृत बरुण राजवंशी ले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

गौरीगञ्ज गाउँपालिका का अध्यक्ष फुलबत्ती राजवंशी को प्रमुख आतिथ्यतामा भएको पहिलो गाउँ अधिवेशन मा राजवंशी समाज बिकास समिति का जिल्ला अध्यक्ष दिनेश्वर राजवंशी, उपाध्यक्ष नौताली राजवँशी, सचिव मुनिलाल राजवंशी लगायतको उपस्थिति रहेको थियो ।