जेठ २९ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाका पक्षमा उभिने भएको छ । त्यसका लागि पार्टी ले शासकीय स्वरूप परिवर्तनबारे छलफल सुरू गरेको छ। रास्वपाले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्थाका पक्षमा उभिने गरी दस्तावेज तयार पारेको हो। दस्तावेजलाई ‘नयाँ युगको नयाँ संकल्प’ भनिएको छ।
पार्टी स्थापनाको वर्षगाँठमा आगामी असार ७ गते सार्वजनिक गर्ने गरी तयार गरिएको सो दस्तावेजमा अहिले त्यस दलभित्र छलफल चलिरहेको छ।
केन्द्रीय सदस्य, सांसद र प्रदेश सभापतिहरूसँग लिखित सुझाव मागिएको छ। आगामी असार २ गतेभित्र सुझाव पठाउन उसले परिपत्र पनि गरेको छ।
प्रतिक्रिया लेख्नुहोस्