बैशाख ७, गौरीगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी ले आगामी स्थानीय तहको चुनाव का लागि गौरीगञ्ज गाउँपालिका मा अध्यक्ष, उपाध्यक्ष सहित सबै वडाका लागि उम्मेदवार सार्वजनिक गरेको छ । बिहिबार पुरानो अस्पताल भवनमा उम्मेदवारी घोषणा सभाको आयोजना गरी उम्मेदवार सार्वजनिक गरेको हो । पार्टी ले सर्वसम्मतिबाट उम्मेदवारी घोषणा गरेको कुरा पार्टी का झापा अध्यक्ष केशब ओझाले जनाएका छन् ।

उम्मेदवार हरु

पार्टी ले गाउँपालिका को अध्यक्ष पदमा पुन: बाबुराजा श्रेष्ठलाई दोहोर्याउने भएका छन् भने उपाध्यक्ष पदका लागि रानी सोरेन को उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैगरि वडा नँ १ मा वडाध्यक्ष मा चन्द्रध्वज गोश्वामी र वडा सदस्य हरु मा चन्द्र नारायण राजवँशी, मनोज राई, मञ्जु कार्की र तारा माझीको उम्मेदवारी घोषणा गरेका छन् ।

वडा नं २ मा वडाध्यक्ष मा छट टुडु, वडा सदस्य हरुमा गोबि ताजपुरिया, मनोज बिश्वास, मञ्जु देवी मेहेता र मनोर देवी रकमको नाम घोषणा गरेका छन् । वडा नं ३ मा वडाध्यक्ष पदका लागि बाबुराम कटुवाल, र वडा सदस्य हरु मा खड्ग भण्डारी, नुर महम्मद मिया, निर्मला महतो र मिश्रदेवी परियार को नाम सार्वजनिक गरेका छन् ।

त्यसैगरि वडा नं ४ मा वडाध्यक्ष पदमा तेजनारायण राजवँशी र वडा सदस्य हरु मा हिम बहादुर कार्की, कर्ण सिँह राजवंशी, रिता गिरी र एकासी देवी ऋषिदेब लाई उम्मेदवारी दिएका छन् भने वडा नं ५ मा वडाध्यक्ष पदमा पुष्कर सिँह गन्गाई, र वडा सदस्य हरु मा सरवन ताजपुरिया, रामदेव राजवँशी, तेथ्री देवी महतो र वसन्ती माझि लाई उम्मेदवारी दिएका छन् । वडा नं ६ मा भने वडाध्यक्ष पदमा नन्दराज थापा र वडा सदस्य हरु मा लखन यादव, दाउद सोरेन, उमा राउत र गँगा ठटाल लाई उम्मेदवारी दिएका छन् ।