पुस ४, गौरीगञ्ज । जाडोको मौसम लाई मध्यनजर गरि गौरीगञ्जका ३ सय ५७ जना बिपन्न हरुलाई कम्बल वितरण गरिएको छ । आइतबार वडा नँ ४ को नयाँ हाटमा एक कार्यक्रम बीच राप्रपा नेता तथा समाजसेवी लक्षमी सँग्रौलाले कम्बल वितरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा का केन्द्रिय नेता हरु डा. राजेश गिरी, गोपाल पौडेल, भक्ति सिटौला लगायतको उपस्थिति रहेको थियो ।

पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन को उपस्थिति मा गौरीगञ्ज र गौरादह का करिब १ सय जना ले पार्टी प्रवेश गरेका छन् । नव प्रवेशी सदस्य हरुलाई केन्द्रीय अध्यक्ष लिङ्देन ले टिका लगाएर सदस्यता प्रदान गरेका थिए ।

कार्यक्रम मा बोल्दै नेता लिङ्देन ले काँग्रेस र कम्युनिष्ट हरुले जनता हरुलाई बिगत ३१ बर्ष देखि झुठो सपना देखाईरहेको बताएका छन् ।

राप्रपा का गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गणेश पोख्को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मा गौरीगञ्ज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, राप्रपा नेता राजेश गिरी लक्ष्मी सँग्रौला लगायतले सम्बोधन गरेका थिए ।