राप्रपा अध्यक्षमा लिङ्देन बिजयी

पढ्न समय: 1 मिनेट

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। उनले २ सय २७ मतको अन्तरले प्रतिद्वन्द्वी कमल थापा लाई पराजित गरेका छन् ।‌

आज बिहान सकिएको मतगणनाअनुसार उनले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

- Advertisement -
Ad image

उनका प्रतिद्वन्दी कमल थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

अध्यक्षका अर्का उम्मेदवार थापाले पराजय स्वीकार गर्ने बताएका छन्। आज बिहान ट्वीट गर्दै अध्यक्षमा लिङ्देन जितेकोमा बधाई पनि दिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्